सैनामैनामा विद्युतीय सवारीको एसेम्बल प्लान्ट निर्माण सुरु

by समतल अनलाइन
Shares

बुटवल । सुन्दर यातायातले विद्युतीय सवारीसाधन निर्माणका लागि सैनामैना नगरपालिकामा एसेम्बल प्लान्ट निर्माण सुरु गरेको छ । नेपाल सरकारले विश्वका १० उत्कृष्ट विद्युतीय गाडी निर्माताहरु नेपाल आएमा सहयोग गर्ने घोषणा गरेसंगै सुन्दर ट्रेडर्सले चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बीएके कम्पनीसंग सहकार्य गरेर नेपालमै एसेम्वल प्लान्ट राख्ने योजना सहित प्यान्ट निर्माणको काम सुरु भएको छ ।

सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले आज शिलान्याश गर्दै एसेम्बस प्यान्ट निर्माण सुरु भएको हो ।अहिलेसम्म नेपालमा सार्वजनिक विद्युतीय यातायात सञ्चालन गर्ने एक मात्र कम्पनी सुन्दर यातायात हो ।

सैनामैना नगरपालिका प्रमुख कार्की र सुन्दर ट्रेडर्सका अध्यक्ष भेषवहादुर थापाकावीच सो सम्वन्धी सम्झौता भएपछि नेपालमा पहिलोपटक एसेम्वल प्लान्ट स्थपनाको लागि काम सुरु भएको हो ।

जग्गाको अभावमा सुन्दर यातायातले चाहेर पनि यस्तो उद्योग स्थापना गर्न सकेको थिएन ।

प्लान्ट स्थापनाका लागि सैनामैना नगरपालिकाले करिव १० विगाहा जग्गा उपलब्ध गराउनेछ । अहिलेसम्म बैदेशिक लगानी भित्राउने नगरपालिकामा सैनामैना पहिलो भएको नगर प्रमुख कार्कीले दाबी गर्नुभयो । प्लान्टमा प्रत्यक्ष रूपमा ३ सय जनाले रोजगारी पाउने उँहाले बताउँनुभयो । जसमा २ सय ५० जना नेपाली कामदार प्रत्यक्ष रोजगारी पाउने कार्कीको भनाई छ ।

 

You may also like

This will close in 0 seconds