तिनाउमा पहिरो,बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्डमा पहिरो झर्दा सडक अवरुद्ध बनेको छ ।

सोमबार राति करिब ९ बजे पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । पाल्पाको तिनाउ गाउँपालिका डुम्रे नजिक पहिरोसँगै ठूला ढुङ्गो खस्दा सडक अवरुद्ध भएको सोही सडकमा रोकिएका एक यात्रीले बताए ।

रातिमा पहिरो गएको हुँदा अवरुद्ध सो सडक आजै खुल्न नसक्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय ,बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए ।

 
 
  
 

You may also like