138
बुटवल। बुटवलमा सोमबारबाट समुन्नत नेपाल इञ्जिनियरिङ्ग प्रा.लिको सुभारम्भ भएको छ। ३ जना युवाको संयुक्त लगानीमा इञ्जिनियरिङ्गको सुभारम्भ भएको हो।
इञ्जिनियरिङ्ग क्षेत्रमा लागेका युवाहरु विदेश भासिरहदा उनीहरुले देशमा युवा स्वरोजगार कायम गर्नको लागि उक्त प्रा.लिको सुभारम्भ गरिएको सन्जोग शर्माले जानकारी दिए।
बुटवल उप – महानगर पालिका वार्ड नम्बर ४ आदर्शनगरमा रहेको उक्त इञ्जिनियरिङ्गले घर निर्माण सम्बन्धि निशुल्क रुपमा परामर्श , घर नक्सा डिजाइन साथै नगरपालिका पास, थ्रिडी डिजाइन /इन्टेरियर डिजाइन /बगैचा सौन्दर्यकरण , भू -सर्वेक्षण / ड्रोन सर्वेक्षण /डीपीआर तयारी , घर जग्गा सम्पत्ति मुल्यांकन वातवरणीय प्रभाव मुल्यांकन लगायतका कामहरु गर्ने प्रशान्तजंग कार्कीले जनाकारी दिए।