काटमाठौं थानकोटमा चक्कु प्रहार गरी एक युवाको हत्या, दुई जना पक्राउ

by समतल अनलाइन
Shares

काठमाडौं। काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
आइतबार राति ९ बजेतिर महोत्तरीको जलेश्वर नगरपालिका–२ का ३० वर्षीय जितेन्द्र साहमाथि चक्कु प्रहार भएको थियो ।

उनको घाँटी र ढाडमा चक्कु लागेको थियो । गम्भीर घाइते साहको सोमबार बिहान राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको हो । उनी हाल चन्द्रागिरि नगरपालिका–३ थानकोट मंगलोदय स्कुल नजिकै बस्दै आएका थिए । चक्कु प्रहार गर्ने थानकोटका ३६ वर्षीय सोमलाल गोपालीसहित तीन जनाको संलग्नता रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए ।

गोपालीलाई आइतबार राति नै प्रहरीले पक्राउ गरेको थियो । मकवानपुर दामन–९ घर भएका २५ वर्षीय मनोज दोङ तामाङलाई सोमबार पक्राउ गरेको छ । अर्का एक फरार छन् ।

You may also like

This will close in 0 seconds