भिच्छु महासंघका अध्यक्ष भिच्छु मैत्रीद्वारा कपिलवस्तु नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

इमरान खान 
कपिलवस्तु । साझा प्रयास अभियान कपिलवस्तुको आह्वानमा काराेना भाइरसकाे दोस्राे लहरबाट ग्रसित भइ बिगत का दिनमा कपिलवस्तुको अवस्था भयावह रहेको महसूस गरी तेश्रो लहर बाट जोगिन का निम्ति एवं कोरोना महामारीको दोश्रो लहरलाई परास्त गर्न का निम्ति कपिलवस्तु नगरपालिकाको कोभिड अस्पताल एवं स्वास्थ्य चौकी द्वारा प्रवाह गरिने सेवालाई अझ प्रभावकारी बनाउने उदेश्यले TZU CHI FOUNDATION को सहयोगमा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि परोपकारी ब्यक्तित्व भिच्छु महासंघका अध्यक्ष भिच्छु मैत्रीद्वारा निम्न स्वास्थ्य सामग्रीहरू : १.Emergency Covid-19 Relief goods 1. २. Oxygen Concentrator (5L), total of 5 pcs.
३. Oxygen Concentrator Nasal Tube, total of 100 pcs.
४. Pulse Oximeter, total of 20 pcs.
५. Thermal Gun, total of 20 pcs.
६. Digital Thermometer, total of 50 pcs.
७. Face Shield, total of 200 pcs.
८. PPE Set , Total ot 200 pcs.
९. Isolation gown, total of 30 pcs.
१०. Disposable Cap, total of 200 pcs.
११. Shoes cover, total of 200 pcs.
१२. Antigen kit, total of 1000 pcs.
१३ . Surgical gloves, total of 1000 pcs.
१४. KN-95 mask, total of 500 pcs.
१५. Surgical mask, total of 5000 pcs.
कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहलाई हस्तान्तरण गरिएको छ । बैशाख २५ गते देखि सुरु भएको साझा प्रयास अभियान को “कोभिड दोश्रो लहरको प्रतिकार्य” “कोभिड तेश्रो लहरको बचाव कार्य” यात्रा जारी नै रहेको साझा प्रयास अभियान का सचिव राजेश ज्ञवालीले जानकारी दिनु भयो । हस्तान्तरण कार्यक्रममा स्वागत मन्तब्य दिदै साझा प्रयास अभियान कपिलवस्तुका संयोजक रबि ठाकुरले दोश्रो लहर बाट पार पाउन कोर्डिनेशन मिटिंग गरी आक्सीजन सिलिंडर,स्वास्थ्य सामग्री को उपलब्धता गराउने कार्य गरियो।

त्यस्तै बहादुरगंज अस्पतालमा नि:शुल्क खाना तथा नास्ता, तौलिहवा अस्पताल, कोभीड अस्पताल एवं सुरक्षाकर्मीहरुलाई दुई टाइम चिया नास्ता तथा अति बिपन्नहरुको घरदैलोमा पुगी राहत बितरण गर्ने कार्य गरिरहेको र बुद्धभुमि नगरपालिका देखी बिभिन्न पालिकाहरुमा आक्सीजन कन्सन्ट्रेटर बितरण कार्य को शुभारम्भ गरि निकट भविष्य मा जिल्ला अस्पतालमा थप ५ बेड आईसियु, अस्पताल को साझेदारीमा सव बाहन संचालन, कपिलवस्तु नगरपालिका र साझा प्रयास अभियानको साझेदारीमा सामुदायिक सरुवा रोग अस्पताल निर्माण कार्य को सुभारम्भ गर्ने बताउनु भयो । हस्तान्तरण कार्यक्रममा बिशिष्ट अतिथि कपिलवस्तु नगरपालिका का मेयर किरण सिंह, उप मेयर लक्ष्मी गुप्ता, वडा अध्यक्षहरु क्रमशः सुदिप पौडेल, भजन कलवार, प्रकाश गैरे, साझा प्रयास अभियानका कोषाध्यक्ष गोपाल भण्डारी, साझा प्रयास अभियानका सदस्यहरु पत्रकार महासंघका सभापति किरण मान बज्राचार्य, औखती ब्यवसायी संघका मतिराज घिमिरे, बरिष्ठ मानव अधिकार कर्मी रामदयाल ठाकुर, उद्योग बाणिज्य संघका कोषाध्यक्ष सन्दीप श्रीवास्तव, मधेस मानव अधिकार गृहका महासचिव माया ज्ञवाली, निर्देशक लक्ष्मी श्रेष्ठ, अधिकार कर्मी, पत्रकारहरुको उपस्थित रहेको थियो ।

हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि परोपकारी ब्यक्तित्व भिच्छु महासंघका अध्यक्ष भिच्छु मैत्रीले साझा प्रयास अभियान लाई धन्यवाद दिदै थप सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो। आक्सीजन कन्सन्ट्रेटर लगायतका स्वस्थ्य सामग्रीहरू बुझ्दै कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले साझा प्रयास अभियान प्रति हार्दिक आभार ब्यक्त गर्दै नगरपालिका बाट सामुदायिक सरुवा रोग अस्पताल निर्माण गर्न रु ३०,०००००/- छुट्याउनु को साथै साझा प्रयास अभियान लाई रु ४००,०००/- आर्थिक सहयोग पनि गर्ने बताउनु भयो। साथै भबिस्य मा साझा प्रयास अभियान लाई थप सहयोग गर्ने छु उप मेयर लक्ष्मी गुप्ता ज्यु, वडा अध्यक्षहरु क्रमशः सुदिप पौडेल,भजन कलवार, प्रकाश गैरेले आफ्नो मन्तब्य को क्रममा भन्नु भयो । सहयोग गर्दै थप सहयोग गर्ने भन्नु भएकोमा TZU CHI FOUNDATION को तर्फबाट प्रमुख अतिथि परोपकारी ब्यक्तित्व भिच्छु महासंघ का अध्यक्ष भिच्छु मैत्री एवं कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह उप मेयर लक्ष्मी गुप्ता, वडा अध्यक्षहरु : सुदिप पौडेल,भजन कलवार, प्रकाश गैरे, कपिलवस्तु नगरपालिका परिवार लाई साझा प्रयास अभियानका संयोजक एवं हस्तान्तरण कार्यक्रमका अध्यक्ष रवि ठाकुरले हार्दिक आभार ब्यक्त गर्दै सहयोगी हातहरुलाई लाई हृदय देखी धन्यवाद ब्यक्त गर्नु भएका थिए।

 
 
  
 

You may also like