66
काठमाडौं । मनसुनको शुरुवातमै ठूलो जनधजको क्षति भएको सिन्धुपाल्चोकस्थित मेलम्ची बजार आज फेरि बाढीको जोखिममा परेको छ ।
बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ७ बजे जारी गरेको सूचनाअनुासर सिन्धुपाल्चोकका शेर्माथाङ, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुकादेखि लगातार मध्यमदेखि भारीसम्म वर्षा भइरहेको छ ।
‘थप वर्षा हुने सम्भावना, मेलम्ची बजारलगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाऔं,’ सूचनामा भनिएको छ । यसअघिको बाढीका कारण मेलम्चीका अधिकांश घरहरु बगेका छन् । बाढीमा परी चार जनाले ज्यान गुमाएका छन् । बेपत्ता २० जनाको अवस्था अझै अज्ञात छ ।