127
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षासँगै नारायणी र वाग्मती नदीमा बाढीको जोखिम बढेको छ ।
तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, सिन्धुलीको मरिनखोला, मकवानपुरको सिलिंगे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका ससाना नदी खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
previous post