राष्ट्रिय सभाको अधिवेशन आजदेखि

काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशन आज (बिहीबार) देखि शुरु हुँदैछ । बिहीबार दिउँसो ४ बजे संसद भवन नयाँ बानेश्वरमा अधिवेशन बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभामा हाल १९ वटा विधेयक विचाराधीन अवस्थामा छन् । यो अधिवेशनमा ती विधेयकका साथै समितिका प्रतिवेदन र संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने कार्यसूची रहेको संसद सचिवालका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने नियमावलीको व्यवस्था अनुसार अध्यादेशहरु पेश हुन लागेका हुन् । राष्ट्रिय सभा बैठकमा सहभागी हुने सदस्यहरुको बुधबार एन्टीजेन परीक्षण पनि गरिएको छ ।

संसद भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी, सुरक्षाकर्मी र संसद सचिवालयका कर्मचारीको पनि एन्टीजेन परिक्षण गरिएको सचिवालयले जनाएको छ ।

 

 
 
  
 

You may also like