63
तनहुँं। तनहुँको व्यास नगरपालिकामा रहेको एउटा पक्की पुल बाढीले बगाएको छ । व्यास नगरपालिका १ र १३ जोड्ने छाब्दी दोभानको पक्की पुल छाब्दीखोलामा आएको बाढीले बगाएको हो ।
हिजोदेखि परेको अविरल वर्षाले छाम्दी खोलामा ठूलो बाढी आएको छ । बाढीले पुल बगाएसँगै बुद्धसिं मार्ग र केशवटार मार्गका सवारी संचालनमा अवरोध आएको तनहुँका सञ्चारकर्मी उज्ज्वल पौडेलले जानकारी दिएका छन् । खोलामा आएको बाढीका कारण आसपासका घरहरु समेत जोखिमा रहेका छन् ।