136
भक्तपुर। भक्तपुर प्रहरीले एक १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो ३ बजे भक्तपुर नगरपालिका–९ कमलबिनायकस्थित डेरा कोठामा बसिरहेको अवस्थामा बलात्कार गरेको आरोपमा वर्ष ३२ का बसन्त दमाईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
दोलखा बैतेश्वर गाउँपालिका–४ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–९ चोखा बस्ने दमाईले घरमा कोही नभएको मौका पारी पीडित १२ वर्षीया बालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए ।