नेपालमा कोरोनाबाट एकैदिन २७ जनाको मृत्यु, २४७६ संक्रमित

काठमाडौँ । नेपालमा थप २४७६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १७२१ र एन्टीजेन परिक्षणबाट ७५५ गरि कुल २४७६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५४५५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९१.३ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ३८८ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ९५८६ पिसिआर र ४७६५ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४५ हजार ७९४ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा २ हजार ८८४ जना रहेका छन् भने होम आइसोलेसनमा ४२ हजार ९१० रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ७१४ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८९४५ पुगेको छ ।

 
 
  
 

You may also like