थप २,५१८ ले जिते कोरोना, २,४७४ नयाँ थपिए, २४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,५१८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७० हजार ९५८ जना संक्रमित निको भइसकेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर २,४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २३२ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २,७४७ जनामा कोराना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २३४, भक्तपुरमा ३३ र ललितपुरमा ६८ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार ७,२३५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ९९७ जनाको एन्टीजेन परीक्षण गर्दा ८९७ जना संक्रमित पुष्टि भएका हुन् । पछिल्लो २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ९१८ जना संक्रमितको मृत्यु भएको छ ।

 

 
 
  
 

You may also like