आज कहाँ–कहाँ छ बाढीको जोखिम ?

काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभावका कारण आज (बिहीबार) पनि देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बर्षाका कारण आज कोशी र यसका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने जनाइएको छ । केही साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान छ ।

आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काईमा बहाव सामान्य रहने तथा सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै छ ।

आज कमला, वाग्मती, पश्चिम राप्ती, बबई जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम÷भारी वर्षा भई बहाव बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । देशका केही स–साना नदी जलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 
 
  
 

You may also like