अविरल वर्षाका कारण गुल्मीमा दुई घर भत्किए, एक घाइते

बुटवल । लगातारको अविरल वर्षाका कारण इस्मा गाउँपालिकामा दुई घर भत्किएको छ । गाउँपालिका –५ मैदानका राजेश परियारको निर्माणाधीन घर र वडा नम्वर १ उजुङ्ग स्थित छत्रबहादुर पछाईको बस्दै आएको घर भत्किएको हो । मैदानस्थित परियारको घर भत्किँदा उनकी २९ वर्षीया श्रीमती जानकी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायको नेतृत्वको टोली त्यस स्थानमा उद्धार गर्न पुगेको पाण्डेले बताए । त्यस्तै उजुङ्गका पछाईको घर पनि माथिबाट पहिरो सहित खसेको ठुलो ढुंगाले लागेर पूर्णरुपमा क्षति पुगेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् ।

 
 
  
 

You may also like