149
बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने रुपन्देहीको बुटवल नारायणगढ सडकखण्ड चरङे नजिकै डाईभर्सन भत्किदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।
राजमार्ग विस्तारको क्रममा चार लेनको पुल बनाउन सो ठाउँमा सवारी ओहोर दोहोर गर्न डाइभर्सन बनाइएको थियो ।
डाइभर्सन भासिँदा मध्यान्न साढे १२ बजेदेखी सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्लीनारायण पाण्डेले बताए। सडक भासिएपछि गन्तव्यमा हिडेका सवारी साधन दुबै तर्फ अलपत्र परेका छन्।