कोरोनाबाट मुटुरोग विशेषज्ञ डा. विकास सुवेदीको निधन

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको निधन भएको छ । २५ दिनअघि कोभिड संक्रमण भएपछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ४२ वर्षीय सुवेदीको आइतबार राति निधन भएको हो ।

डा. सुवेदी गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालक एवं निर्देशक समेत रहेका थिए । ललितपुर इमाडोल घर भएका सुवेदीको शुरुवाती चरणमा आफ्नै अस्पताल कोटेश्वस्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा उपचार गरिएको थियो । अवस्था जटिल भएपछि १४ दिनअघि ह्याम्स पुर्‍याइएका उनी ४ दिनदेखि भेन्टिलेटरमा उपचाररत थिए ।

 
 
  
 

You may also like