४८१जनाको परिक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण , ४ जनाको मृत्युु

बुटवल ।रुपन्देहीमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको । ४८१ जनाको आरटीबाट परिक्षण गर्दा सो संख्या देखिएको हो।

जिल्ला स्वस्थ कार्यलयका अनुसार २४ घण्टामा ३ जना र अन्य दिनको १ जना थप गरि ४ जनाको मृत्युु भएको छ ।
पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार सात सयय ६७ मा झरेको छ । हालसम्म जिल्लामा चार सय ४२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्लामा हालसम्म कुल संक्रमितको संख्या २६ हजार सात सय ३३ पुगेको छ । तीमध्ये ९२ प्रतिशत निको भइसकेका छन् ।

 
 
  
 

You may also like