अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश स्वयंसेवक विभागद्धारा रक्तदान

by समतल अनलाइन
Shares

बुटवल । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेश स्वयंसेवक विभागले रक्तदान कार्यक्रम गरेको छ । विभागले आज रुपन्देहीको बुटवलमा रहेको ब्लड बैंकमा रक्तदान गरेको हो ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले २०७८ जेठ १६ गते विनोद वराल संयोजक र सागर पन्थ सह–संयोजक रहेको लुम्बिनी प्रदेश स्वयंसेवक विभाग गठन गरेको थियो । लुम्बिनी प्रदेश स्वयंसेवक विभाग आफ्नो पहिलो कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा १५ पिन रगत संकलन भएको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका रुपन्देही सचिव निर्मल जी.सी कार्यक्रममा सहभागि भई रक्तदान समेत गर्न भएको छ । यस कोरोनाको महामारीमा रगत अभाव हुन नदिन आफुहरु लागिरहेका बताउर्दै उक्त कार्यक्रमको प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश स्वयंसेवक विभागका सह–संयोजक सागर पन्थले रक्तदान जीवन दान भएको बताउदै कोरोना महामारीको समयमा रगत अभाव देखिएको हुँदा रगत अभावबाट कसैको ज्यान जोखिममा नपरोस भनेर रक्तदान कार्यक्रम गरिएको र आवश्यकता अनुसार लुम्बिनी प्रदेशका सबै जिल्लामा रक्तदान कार्यक्रम समेत गर्ने बताउदै आफुहरु रचनात्मक र सचेतनामुलक कार्यक्रमहरु गर्दै विद्यार्थीको हक हितका लागि पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता विष्णु ढकाल, माधव पाण्डे, विद्यार्थी इन्चार्ज रुपेश पौडेल, विद्यार्थी जिल्ला संयोजक विष्णु खत्री लगाएत रुपन्देही जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो

You may also like

This will close in 0 seconds