कोरोनाबाट तीन डीएसपीसहित १६ प्रहरीको मृत्यु, ९,४४७ जनामा संक्रमण

काठमाडौ। पछिल्लो ४९ दिनमा २,६३१ जना प्रहरीमा कोरोना संक्रमण भएको छ । गएको वैशाख १ गतेदेखि मंगलबार (आज) सम्म ४९ दिनको अवधिमा २६ सय बढी प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा एक हजार २५१ जना संक्रमणमुक्त भएका छन् भने ८७१ जना उपचारको क्रममा छन् । यो अवधिमा कोरोना कारण नौ प्रहरीले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । यस्तै शुरुवातदेखि हालसम्म ९,४४७ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना कारण हालसम्म प्रहरीमा १५ जनाले ज्यान गुमाइसकेका छन् । जसमा तीन जना डीएसपी रहेका छन् । यस्तै हालसम्म २९ जना भूतपूर्व प्रहरीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको जनाइएको छ ।कोरोनाबाट तीन डीएसपीसहित १६ प्रहरीको मृत्यु, ९,४४७ मा संक्रमण

 

 
 
  
 

You may also like