भारतमा २४ घण्टामा भारतमा ३,१२८ कोरोना संक्रमितको मृत्यु

नयाँदिल्ली। पछिल्लो २४ घण्टामा भारतमा ३,१२८ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा एक लाख ५२ हजार ७३४ संक्रमित थपिएका छन् ।

हालसम्म भारतमा ३ लाख २९ हजार १०० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २ करोड ८० लाख ४७ हजार ५३४ जना भारतमा कोरोना संक्रमित भइसकेको तथ्यांक छ । भारतमा केही सातायता कोरोना संक्रमण र त्यसका कारण हुने मृत्यु दरमा उल्लेख्य कमी आएको छ ।

दैनिक चार लाखभन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले यो घटेर दुई लाख भन्दा तल झरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । यद्यपि संक्रमणको तुलनामा मृत्युमा भने तुलनात्मक रुपमा कमी आउन नसकेको तथ्यांकमा उल्लेख छ । एजेन्सी

 
 
  
 

You may also like