128
दाङ। लुम्बिनी प्रदेशको रिक्त एक सिटमा आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान जारी रहेको छ । सोमबार साढे १० बजेसम्म प्रदेश र स्थानीय तहतर्फ गरी जम्मा १७४ मत खसेको छ । स्थानीय तहतर्फ महिला ५० र पुरुष ६३ जनाले मतदान गरेका छन् भने प्रदेशसभातर्फ मतदान केन्द्रमा महिला २६ र पुरुष ३५ जनाले मतदान गरेका छन् । यस्तै कोभिडतर्फको मतदान केन्द्रमा ७ पुरुष र ३ महिलाले मतदान गरेका छन् ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी रहेको हो । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।