70
गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका–१ स्थित मल्दी गाउँमा दुई महिलासँग अनैतिक सम्बन्ध राखेको आरोप लागेका दुई प्रहरी निलम्बित भएका छन् । स्थानीय हस्ती चौर प्रहरी चौकीका प्रमुख असई बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसीलाई आरोपपछि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उनीहरुले प्रहरी आचरण विपरित क्रियाकलाप गरेको पाइएकाले निलम्बन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । ‘त्यस घटनामा प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धान नसकिँदासम्म उनीहरु दुई जना निलम्बित भई घर गएका छन् ।
‘अनुसन्धानको म्याद ६ महिनासम्म पनि हुन सक्छ वा त्यो भन्दा बढि पनि हुन सक्छ । त्यतिञ्जेलसम्म उनीहरुले आधा तलव पाउने गरी र रासन नपाउने गरस् निलम्बित गरिएको छ’ , डिएसपी पाण्डेले भने ।