नेता उज्वल थापाको स्वास्थ्य अवस्था जटिल

काठमाडौं । कोरोना भाइरस संक्रमणपछि उपचाररत विवेकशील पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

विगत तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको अवस्था जटिल बन्दै गएको अस्पतालले जानकारी दिएको छ । अस्पतालमा इसीएमओ प्रविधिबाट उपचाररत नेता थापाको अवस्था जटिल बन्दै गएको पार्टीकी नेतृ रञ्जु दर्शनाले जानकारी दिएकी छिन् ।

उनका अनुसार बिरामी थापाको उपचारको क्रममा उपलब्ध सबै विधिहरुको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराएका छन् ।

 
 
  
 

You may also like