एकै परिवारका १४ जना कोरोना संक्रमित

सर्लाही। सर्लाहीमा एकै परिवारका दर्जनभन्दा बढी सदस्यहरु कोरोना संक्रमित भएका छन् । हरिवन नगरपालिका ७ स्थित घुर्कौलीका एकै परिवारका १४ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो ।

एकै परिवारका ५१ वर्षीय हजुरबुबादेखि ९ वर्षीय नातिनीसम्म संक्रमित भएको बताइएको छ । वडामा देखिएका १५ संक्रमितमध्ये एकै परिवारका १४ जना कोरोना पोजेटिभ पुष्टि भएको हो ।

एकै परिवारका १४ जना कोरोना संक्रमित भएको हरिवन ७ का वडाअध्यक्ष नेत्रप्रसाद मैनालीले जानकारी दिए । उनले भने– ‘शुरूमा वैशाख २९ गते परीक्षण गराउँदा ५१ वर्षीय पुरुषका भाइ–बुहारीमा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि परिवारका अन्य १२ सदस्यको स्वाब परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण देखियो ।’ त्यसैगरि हरिवन नगरपालिका ११ मा पनि एउटै परिवारमा ५ जनासम्म संक्रमित भएको वडाध्यक्ष शेख महबुब रेजाले जानकारी दिए ।

 
 
  
 

You may also like