नेपालमा २४ घण्टामा कुन उमेर समुहमा कस्तो छ संक्रमण ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २० बर्ष मुनिका ८१६ जनालाई कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० बर्ष मुनिका १७९ जना र ११ देखि २० बर्षसम्मका ६३७ गरि २० बर्षमुनिका कुल ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट बालबालिका र युवाहरुलाई बढी असर गरेको देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टामा २१ देखि ३० बर्ष उमेर समुहका १७०० जना संक्रमित भएका छन् भने ३१ देखि ४० बर्षका १४९९ जना र ४१ देखि ५० बर्ष उमेर समुहका ११८० जना संक्रमित भएका छन् ।

त्यस्तै ५१ देखि ६० बर्षसम्मका ८६६ जना, ६१ देखि ७० बर्षसम्मका ४९१ जना, ७१ देखि ८० बर्षसम्मका १८५ जना, ८० बर्ष भन्दा माथिका ८५ जना र उमेर नखुलेका ३३ जना रहेका छन् ।

 
 
  
 

You may also like