बुटवल । रुपम्देहिमा थप जेठको २० गतेसम्म निषेधाज्ञा गर्ने गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोना नाघेत्को विशेषण गर्दै कोभिड व्यस्थापन समितिको बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।
डीसीएमसीको बैठकको सिफारिसमा जेठ २० गते सम्मको लागी निषेधाज्ञा थप गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । प्रजिअ तामाङले यस अघि निर्धारण गरिएका मापदण्ड अनुसार नै निषेधाज्ञाको अवधी थप भएको जनाउँदै निषेधाज्ञालाई अझै कडाईका साथ कार्यान्वयन गराईने बताए । यस अघि संक्रामक ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरिएकोमा थप गरिएको निषेधाज्ञामा भने कोभिड९१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अन्तर्गत कार्यान्वयन हुने तामाङले जानकारी दिए ।
नयाँ अध्यादेशमा सरकारले तोकेको निषेधाज्ञा वा कनैपनि प्रकारको आदेश उल्लंघन गरेको ६ महिना कैद र ३ लाख सम्म जरिवाना हने व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारीले अध्यादेश बमोजिमको आदेश उल्लंघन गर्नेलाई तत्काल ब्यक्तिको हकमा १ लाख र संस्थाको हकमा २ लाख जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।
थप गरिएको निषेधाज्ञामा पनि पुर्ववत शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरिएको छ ।
अति आवश्यकिय सामाग्रीहरु खाद्यान्न, ग्याँस, तरकारी, फलफुल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको लागी उद्योग बाणिज्य संघ र ब्यपार संगठनले ब्यवस्था मिलाउने र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कार्यवाही गरिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।