कोरोनाबाट बाँकेमा थप १० जनाको मृत्यु

बाँकें। कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप १० जनाको ज्यान गएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १० संक्रमितको सोमबार ३ः५० बजे दिउँसोदेखि मंगलबार बिहान ६ः३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ ।

मृतकमध्ये ५ जना बाँके, ३ जना दाङ र २ जना बर्दियाका रहेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत बैजनाथ गाउँपालिका– ४ बाँकेका ३८ वर्षीया महिलाको सोमबार दिउँसो ३ः५० बजे र कोहलपुर नगरपालिकाका ४७ वर्षीय पुरुषको सोमबार साँझ ६ बजे मृत्यु भएको छ ।

यस्तै भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१८ की ८५ वर्षीया महिलाको सोमबार साँझ ६ः२० बजे, कोहलपुर नगरपालिका–१० बाँकेकै ७१ वर्षीय पुरूषको मंगलबार विहान ५ः४० बजे र खजुरा गाउँपालिका–४ बाँकेकी ३२ वर्षीया महिलाको मंगलबार विहान ६ः३० बजे मृत्यु भएको छ ।

यस्तै भेरी अस्पतालमै उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–८ दाङका ५६ वर्षीय पुरूषको सोमबार दिउँसो ४ः३० बजे र तुलसीपुर उपमहानगरपालिका–१२ दाङकी ४० वर्षीया महिलाको सोमबार राति ९ः१० बजे मृत्यु भएको छ भने घोराही उपमहानगरपालिका–१८ का ५१ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार विहान २ः १५ बजे मृत्यु भएको छ ।

यस्तै बाँसगढी नगरपालिका–३ बर्दियाका ६५ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका–६ बर्दियाकी ६० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा सोमबार राति ११ः३० बजे मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २७९ पुगेको छ भने अन्य जिल्ला बाहिरका २५१ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

 

 
 
  
 

You may also like