काठमाडौं । भारतमा हालै आएको ‘ताउते’ चक्रवातको प्रभाव सकिन नपाउँदै ‘यास’ चक्रवातको सामना गर्न भारत सरकारले तयारी थालेको छ ।
यसका लागि सेनाको चार बिमान र हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने सयौं उद्धारकर्मीहरुलाई भारतको बिभिन्न राज्यहरुमा तैनाथी अवस्थामा राखिएको छ । यास चक्रवात आउन सक्ने संकेतपछि बसेको उच्चस्तीरय बैठक लगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त तयारी गरिएको जानकारी दिंदै सबैलाई सतर्कता अपनाउन अपील गरेका छन् ।
भारतका मौसमबिदहरुले भारतको बंगालको खाडीमा यही मे २६ तारिखमा प्रतिघण्टा १५५ देखि १६५ किलोमिटरको दरले जानकारी दिएपछि तयारी थालिएको हो । यो चक्रवात बंगालको खाडी हुँदै उडिसाको तटीय क्षेत्र हुँदै भारतका अन्य जिल्लाहरुमा प्रवेश गर्ने अनुमान गरिएको छ ।
यसैबीच प्रधानमन्त्री मोदीले चक्रवात सम्भावित जिल्लाका स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न स्थानीय निकायहरुलाई निर्देशन दिएका छन् । भारतमा ताउते चक्रवातका कारण ठूलो संख्यामा मानविय क्षति भएको थियो भने हजारौ जनता प्रभावित भएका थिए । एजेन्सी