एकै दिन थप ६,८९१ कोरोना संक्रमित निको, ८,२०३ नयाँ थपिए, १९६ जनाको मृत्यु

by समतल अनलाइन
Shares

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ६,८९१ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ८,२०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमितको संख्या ४ लाख ७६ हजार २१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १९६ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कुल ५ हजार ४११ जनाको मृत्यु भएको छ । नेपालमा हाल १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित छन् ।

 

You may also like

This will close in 0 seconds