कोरोनाबाट विश्वभर एकै दिन १३ हजार बढीको मृत्यु, कहाँ कतिले गुमाए ज्यान ?

काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।
वल्र्डओमिटरका अनुसार यस अवधिमा विश्वभर १३ हजार ६४७ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये ३ हजार ९२० जना भारतीय छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर ८ लाख ४० हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा आधाभन्दा धेरै भारतका छन् । यस अवधिमा भारतमा चार लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ब्राजिलमा २ हजार ५ सय ३१ जनाले ज्यान गुमाएका छन् भने मेरिकामा ८४७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै टर्कीमा ३ सय ४, रुसमा ३ सय ५१, पोल्याण्डमा ५ सय १०, अर्जेन्टिनामा ३ सय ९८, कोलम्बियामा ३ सय ९९, इरानमा ३ सय ३८, यूक्रेनमा ३ सय ७४ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणको कारण अहिलेसम्म विश्वभर ३२ लाख ६८ हजार ९ सय ४८ जनाले ज्यान गुमाएका छन् भने १५ करोड ६६ लाख ६९ हजार ६ सय २२ जनामा संक्रमण पुष्टि भएको छ । एजेन्सी

 

 
 
  
 

You may also like