धौलागिरी हिमालमा सेनाले भेट्टायो १५ वर्षअघि दुर्घटनाग्रस्त हेलिकोप्टर र दुई शव

धौलागिरि। हिमाल सफाइमा जुटिरहेको नेपाली सेनाको टोलीले धौलागिरी बेस क्याम्प नजिकै क्षतिग्रस्त हेलिकोप्टरको अवशेष र दुई वटा शव फेला पारेको छ ।

सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकोप्टर र दुई वटा शव धौलागिरिी हिमालमा भेटिएको सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए । हिमाल सफाइमा लागिरहेको सेनाको टोलीले बिहीबार धौलागिरी बेस क्याम्प नजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको हो ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले बिहीबार धौलागिरि आधार शिवरमा दुई मानव अवशेष र हेलिकप्टरको भग्नावशेष फेला पारेको जानकारी दिए । १५ वर्षअघि धौलागिरि हिमालमा दुर्घटना भएको एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको हेलिकप्टरको भग्नावशेष भेटेको नेपाली सेनाको भनाइ छ ।

 
 
  
 

You may also like