रुपन्देहीमा थप २६३ जनामा कोरोना संक्रमण पुष्टि , बुटवलमा मात्रै १२१ जना संक्रमित

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घन्टामा २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उप-महानरपालिकमा १२१ जना , तिलोत्तमा नारापालिकामा ५४ जना , सिदार्थ नगरपालिकामा ४२ जना , सैनामैना नगरपालिकामा १२ जना , देवदह नगरपालिकामा ११ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसै गरी लुम्बीनी सांस्कृतिक नगरपालिकामा ६ जना , शुद्दोधन गाँउपालिकामा ५ जना , ओमसतिया , सियारिमा गाउँपालिकामा ३/३ जना , मायादेवी गाउँपालिकामा २ जना र कोटहिमाई गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

आज थपिएका संगै सक्रिय सक्रमितको संख्या १४७० जना पुगेका छन् ।रुपन्देहीमा आज १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या १७४ जना पुगेको छ ।

 
 
  
 

You may also like