रुपन्देहीका १६ वटा स्थानिय तहका विद्यालय बन्द , यातायातमा जोरकिबिजोर प्रणाली

बुटवल । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसि)को बैठकले रुपन्देहीका सम्पुर्ण बिद्यालय पु्र्णरुपले बन्द गर्ने तथा यातायात क्षेत्रमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ।

बैठकले कोभिड महामारीलाई ध्यानमा राख्दै प्रत्येक पालीकामा एउटा डेडिकेटेड एम्ब्ुलेन्स स्ट्यानबाई राख्ने निर्णय समेत गरेको छपछिल्लो समय महामारीका रुपमा फैलिईरहेको नयाँ भेरिएन्टको कोरोना भाईरस अति खतरनाक र संक्रमण दरपनि उच्च रहेको भन्दै बैठकले जनस्वास्थ्य सुरक्षा मापदण्ड पुर्णरुपले पालना गर्न सबैमा आग्रह गरेको छ। यसका लागि जनचेतनामुलक कार्यक्रमहरु स्थानियस्तर सम्म पु¥याई ब्यापक प्रचार प्रसार गर्ने निर्णय गरिएको छ।

जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्रको बैठकले भोली १३ गतेदेखि लागुहुने गरी बिद्यालय बन्द गरी शिक्षण सिकाईका लागि बैकल्पिक पद्दती लागु गर्ने, निजि तथा भाडाका सबै सवारी साधनमा जोरबिजोर संचालन प्रणाली लागु गर्ने र मानिसहरुलाई घरबाहिर ननिस्कन एवं स्वास्थ्य सतर्कता अपनाउन प्रचार प्रसार गर्ने निर्णय गरेको छ।

बैठकले सबै पालीकास्तरमा सामुदायिक आईसोलेसन र होम आइसोलेसनको क्षमता बिकास र बिस्तार गरी पुर्व तयारी अवस्थामा राख्ने, कोरोना संक्रमित बिरामीहरुको ओसार पसारका लागि सबै स्थानिय तहमा कम्तिमा एउटा डेडिकेटेड एम्बुलेन्स तयारी अवस्थामा राख्ने लगाएतका निर्णयहरु गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।

बैठकले जिल्लामा सञ्चालीत सम्पुर्ण हाट बजार अर्को निर्णय नआउदा सम्मका लागि बन्द गर्ने निर्णय गरिएको प्रशाशनले जनाएको छ। रुपन्देहीमा कोरोना संक्रमितको दर व्यापक मात्रामा बृद्धि भएको छ।

 
 
  
 

You may also like