नेशनल बाथ रोग सेन्टरले बुटवलमा बाध रोग उपचार सेवा सुरु

बुटवल । नेशनल बाथ रोग सेन्टरले बुटवलमा बाध रोग उपचार सेवा सुरु गरेको छ । ग्लोरियस हेल्थ प्रा.लि मार्फत बाथ रोग उपचार शुक्रवारबाट थालेको हो। लुम्बिनी प्रदेशका पुर्व समाजिक विकास मन्त्री सुदर्शन बरालले उद्धाटन गरेका हुन ।

सेन्टरका विशेषज्ञ चिकित्सक डा बिनित वैद्यले समाजमा बाथरोग रोगबारे सचेतना फैलाउने, परिक्षण र पहिचान गर्ने तथा त्यसको जटिलता रोक्न औषधीसंगै शारिरिक ब्यायमका विधि अप्नाउनु पर्ने बताए ।

बाथको उपचार महङो भन्दा बाथरोगको पहिचान र पहिचानपछि औषधि नियमित खान छोड्नु सबैभन्दा समस्या रहेको उनले बताए । यो दिर्घरोग भएकाले नियमित र निरन्तर औषधी सेवन गर्नुपर्ने उनले बताए ।

सेन्टरका अध्यक्ष रोशन कक्षपतीले शुरुवातमा रोग पहिचानका कुल जनसंख्याको १० प्रतिशत बाथरोग देखिने तथ्यांकका हिसाबमा लुम्बिनी प्रदेशमा कुल जनसंख्याको साढे ४ लाख बाथरोग हुने आसंका रहेको बताए । रातोपुलमा यस क्षेत्रका करीब १५ हजारले उपचार सेवा लिएको उनले बताए । अझै पनि करीब ३.५ प्रतिशत उपचार गरिरहेको भन्दै कुल १० प्रतिशत उपचारको पहुचमा रहेको बताए । दक्ष जनशक्ति अभाव नै रहेको भन्दै उनले २०१२ सम्म ३ जना विशेषज्ञहरु रहेको बताए। आफुहरु अहिले १२ जना बाथरोग विशेषज्ञहरुमार्फत सेवा दिईरहेको उनले बताए ।

संचालक होम बहादुर पल्लिले चिकित्सकको नियमित रेखदेखमा विरामिहरु उपचारमा रहनुपर्ने भएकाले पनि सेन्टरबाट धेरै लाभ मिल्ने बताए । काठमाडौं, बिराटनगरपछि अहिले रुपन्देहीमा सेवा सुभारम्भ गरेको उनले बताए ।

सेन्टरबाट देशभरका करीब १ लाख बिरामीहरु उपचारको क्रममा रहेको उनले बताए । सेन्टरमा १२ जना विशेषज्ञ सहित ७५ जना जनशक्ति रहेको तथा बुटवलमा २ जना विशेषज्ञ जनशक्ति र अन्य कर्मचारी गरि १० जना रहेको उनले बताए । बुटवलमा १६ जनाको लगानी रहेको छ । तीन शाखामा कुल ४ करोड लगानी रहेको छ ।

 
 
  
 

You may also like