पश्चिम नेपालमा रुट संयाेजक र सल्लाहकारकाे पदस्थापन

Shares

तिलोत्तमा। पश्चिम नेपाल बस ब्यवसायी प्रालिले प्रालिका मनाेनित रुट संयाेजक तथा सल्लाहकारहरुकाे पदस्थापन सम्पन्न गरेको छ ।प्रालिकाे सन्चालक समितिकाे बैठकले १६ जना रुट संयाेजक र १६ जना रुट सल्लाहकार मनाेनित गरेको थियो ।

पदस्थापन कार्यक्रममा बाेल्दै लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष एवं पश्चिम नेपाल बस ब्यवसायी संघका पुर्व अध्यक्ष सुर्य बहादुर भट्टराईले मनाेनित संयाेजक तथा सल्लाहकारहरुले ब्यवसायीकाे हितमा लगाउन सके बिश्वमै प्रभावकारी मानिएकाे सार्वजनिक यातायात सेवालाई नागरिकको भराेसायाेग्य बनाउन सकिने बताए ।

त्यसैगरी पुर्व अध्यक्ष तुल्सीराम बन्जाडेले प्रालिका पदाघरधिकारीले आफू भन्दा ब्यवसायी र यात्रुलाई केन्द्रमा राखेर अगाडि बढन सुझाव दिए ।प्रालिका अध्यक्ष दधिराम खरेलले मनाेनित सल्लाहकार तथा संयाेजक हरुलाई सपथ ग्रहण गराएका थिए । अध्यक्ष खरेलकाे अध्यक्षता सन्चालक नारायण प्रसाद घिमिरेकाे स्वागत तथा प्रवन्ध सन्चालक रामचन्द्र भुसालको सन्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियो ।

You may also like

skip


This will close in 5 seconds