संसद बैठकमा उठ्यो निर्वाचन आयोग र सर्वोच्चमा ‘सेटिङ’ भएको सवाल

by समतल अनलाइन
Shares

काठमाडौं। प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा आफ्नो धारणा राख्दै सांसदले राज्यका हरेक निकाय सेटिङको आधारमा चलेको भन्दै गम्भीर सवाल उठाएका छन् ।

राजनीतिक विषयमा निर्वाचन आयोग र सर्वोच्च अदालतले ‘सेटिङ’ को आधारमा फैसला गरेको आवाज सांसदले उठाइएका छन् ।
प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा बोल्दै सांसद अञ्जना विशंखेले लोक कल्याणकारी र जनपक्षीय बनाउन राज्यका हरेक निकायलाई संस्थागत रुपमा राज्य चल्न दिनुपर्ने बताइन् ।

‘चाहे राष्ट्रपतिले होस्, चाहे प्रधानमन्त्रीले होस्, जसले गल्ती गर्छ स्वायत्त संस्थाले गल्ती गर्नेलाई दण्ड दिनुपर्छ’ उनले भनिन्, ‘तर बिडम्बना यतिबेला सेटिङका आधारमा हरेक कुराहरु निर्णय गरिन्छ । चाहे निर्वाचन आयोग होस्, चाहे त्यो सर्वोच्च अदालतका पार्टीसम्बन्धी फैसला होस् ।’ संसदीय समितिले गर्ने निर्णयहरु समेत सेटिङका आधारमा हुने गरेको भन्दै उनले आक्रोश पोखिन्

You may also like

This will close in 0 seconds