थप १५० संक्रमित: २४ घण्टामा तीनको मृत्यु , ९९ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप १५० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १५० जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल २ लाख ७६ हजार ५६ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १०१७ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९९ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७२ हजार २० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४७२ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख ४० हजार ९९८ पुगेको छ ।त्यस्तै क्वारेन्टाइनमा ५१ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १०१७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१९ पुगेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like