आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने

by समतल अनलाइन
32Shares

Lकाठमाडौं । देशमा माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

त्यस्तै, आज राति पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

You may also like