अफिस भिजिट कार्यक्रम सम्पन्न

गोविन्द भुषाल
बुटवल।बुटवलमा संचालित अफिस रिसेप्सन तालिममा सहभागिले इडिआई ग्लोबल एजुकेशनको अफिसमा सोमबार भिजिट गरेका छन् । लाईफलाई नेपालले संचालन गरेको तालिममा सहभागि मध्ये एघार जनाले भिजिट गरेका हुन ।

तालिममा सहभागिको भिजिट उद्देश्य भनेको कार्यशैलि अवलोकन तथा कार्मचारिको कार्यको अनुभव लिनु थियो । उच्च शिक्षा हासिल गरे पनि व्यवाहारिक ज्ञान नहुदा धेरैले राम्रो काम तथा उचित तलब पाउन नसकेको हुदाँ यस्तो तालिमको आयोजना गरेको तालिमका प्रशिक्षक सुवास वि.सीले बताउनुभयो ।

भिजिट कार्यक्रममा क्रममा इडिआईका बुटवलका निर्देशक टकं प्रसाल पन्थीले व्यवाहारिक शिक्षाको कमीले धेरै वेरोजार बस्न परेको बताउनुभयो ।

इडिआईका ग्लोवल मार्केटिङ्ग म्यानेजर कमल ज्ञवालीले रिसेप्सनको जागिर सम्बन्धी मोटिभेस्नल प्रशिक्षण गर्नुभएको थियो ।

सहभागिको मनोवल उच्च राख्न तथा काम गर्ने शैलिको विकास गर्नको लागि तीनओटा समय तालिकामा पालैपालो इच्छुकलाई अफिस रिसेप्सनको इन्टनशिपको व्यवस्था गर्ने समेत ज्ञवालीले बताउनुभयो ।

 
 
  
 

You may also like