एसपी अधिकारीले गरे तस्कर माथी धमाधम अप्रेसन

by समतल अनलाइन

नवलपरासी। पश्चिम् नवलपरासी स.प्र.बल नेपाल नं.२६ गण हे.क्वा. सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारी जिल्लामा आएदेखि नै तस्कर विरुद्ध खरो उत्रिएका छ्न।

तस्करहरुको बिगबिगी बढेको सूचना पाउँदा एसपी अधिकारी सिमा तिर कडा निगरानी बढाइएको बुझिएको छ।एसपि अधिकारी तस्कर विरुद्ध खरो उत्रिदा करिब २करोड भन्दा बढी राजस्व संकलन गर्न सफलता समेत प्राप्त गरेका छ्न।

त्यसै गरि एसपी अधिकारीको बिशेष निर्देशनमा जिल्लाका विभिन्न स्थान तथा मातहत वि.ओ.पि.हरपुर, वि.ओ.पि.भुजहवा, वि.ओ.पि.गुठिप्रसौनी र अस्थायी सुरक्षा बेश रगरगंजबाट जिल्ला पश्चिम नवलपरासी रामग्राम नगरपालिका- ७ उजैनी, पाल्हिनन्दन गाउँपालिका -२ मुडेरा, ६ पडरी, सरावल गाउँपालिका -७ गणेशपुर र भटौलिया, प्रतापपुर गाउँपालिका-५ मटरा ईलाकाहरुमा खटिई गएको मोवाईल तथा पैदल गस्ति टोलिले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको ४ लाख ४२ हजार ७सय दश) बराबरको किराना सामान, लत्ताकपडा, मोवाईल तथा मोबाईल पार्टसहहरु, कस्मेटिक प्रोडक्ट्स, अटोमोवाईल पार्टसहरु सशस्त्र प्रहरी नियन्त्रणमा लिएको छ।

उक्त बरामद अबैध मालसामान आवश्यक कारबाहीको लागी महेशपुर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी माधव रेग्मी ले जानकारी दिए।साथै सुस्ता गाउँपालिका-५ बनकट्टिमा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा १लाख ३५ हजार) बराबरको १६५ गोटा अन्दाजी ५०० के.जी. ब्रोईलर कुखुरा बरामद गरी स्थानिय प्रतिनिधी एवं स्थानिय बासिन्दाहरुको रोहबरमा खालि जमिनमा खाडल खनि नष्ट गरीएको सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी माधव रेग्मिले बताए ।

 
 
  
 

You may also like