नमस्ते नेपाल पाल्पा शाखाद्वारा तिनाउ गा. पा. मा ”नगरप्रमुखसँग युवाहरु” युवाहरु कार्यक्रम सम्पन्न

by समतल अनलाइन

पाल्पा । नमस्ते नेपाल पाल्पाको आयोजनामा तिनाउ गाउपालिकामा “गाउपालिका प्रमुखसँग युवाहरु” कार्यक्रम विहिबार सम्पन्न भएको छ । कार्यक्रममा युवाहरुले गाउपालिकाका प्रमुख ओम बहादुर घर्तिसँग प्रत्यक्ष गुनासा र सुझाव राखेका छन् । पालिकाका अधिकांस वडावाट सहभागि भएका युवाहरुले आफ्नो गुनासो,भोगाई र सुझाव राखेका छन् । युवाहरुका हरेक जिज्ञासा र गुनासोको घर्तिले तत्कालै सम्बोधन गर्नुभएको थियो । केहि गुनासाको पालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ र पालिकाका प्रवक्ता राजेश श्रेष्ठले समेत सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा युवाहरुले युवा उद्यमशिलता ,रोजगार,खेलकुद ,शिक्षा,यातायात,कृषि ,व्यापार ,पर्यटन सरसफाई लगायतका विषयमा गुनासो राखेका छन् । उनिहरुले गाउँपालिका भित्रका विद्यमान समस्यामा केन्द्रित रहि गुणस्तरीय र पारदर्शि रुपमा योजनाहरु सम्पन्न गर्न आग्रह समेत गरेका छन् । कार्यक्रममा युवाहरुका गुनासोलाई संबोधन गर्दै पालिका प्रमुख घर्तिले गाउँपालिकाले संचालन गरीरहेका योजनाहरु पारदर्शिरुपमै अगाडि बढेको बताउनुभएको छ । साथै उहाँले विदेशबाट स्वेदेशमा युवाहरुलाई टिकाईराख्न युवा उद्यमशिलता कार्यक्रमहरु गरीरहेको बताउनुभयो । युवाहरुलाई मिनिटिलर मर्मत, प्लम्विङ,हाउस व्वायरिङ,मोवाईल मर्मत लगायतका कार्यक्रहरु गरीरहेको उहाँले बताउनुभयो । उनले कार्यक्रममा आाएका महत्वपुर्ण सुझावहरु आगामी आर्थिक बर्षका निति तथा कार्यक्रममा सम्बोधन गर्ने बिश्वास दिलाए ।
युवा नेतृत्वमा संचालित नमस्ते नेपालले बिभिन्न दलका नेताहरुका चुनावी प्रतिवद्धता र तिनको उपलब्धी समिक्षा लगायतका कार्यक्रम गर्ने सिलसिलामा पछिल्लो पटक गाउपालिका प्रमुखलाई प्रत्यक्ष युवाहरुमाझ गुनासो संवोधन गराएको हो । यो कार्यक्रमलाई परिमार्जित गर्दै दायरा फराकिलो पार्दै लैजाने संस्थाका केन्द्रिय अध्यक्ष अध्यक्ष अर्जुन खरेलले जानकारी दिए । उनले बिगतमा संस्थाले गरेका सामाजिक कामका लागी आबश्यक आर्थिक ब्यावस्थापन संस्था आफैले गरेको अनुभव सुनाउदै इक्षाशक्ति भयो भने हरेक काममा सफलता मिल्ने अनुभव सुनाए ।

संस्थाका पाल्पा सम्पर्क समितिका अध्यक्ष विष्णु पाण्डेयको अध्यक्षता, तिनाउ गाउपालिकाका प्रमुख ओम बहादुर घर्ति प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको चक्रव्युह थापा र प्रेम श्रेष्ठले समिक्षा गनुभएको थियो
सुसिल सुवेदिको संचालनमा सम्पन्न कार्यक्रमको पत्रकार मिलन विश्वकर्माले सहजकर्ताको भुमिका खेलेका थिए ।

 
 
  
 

You may also like