ठुलापोखरा सम्पर्क समाजको रक्तदान कार्यक्रम सम्पन्न,४१ युनिट ब्लड संकलन

by समतल अनलाइन

बुटवल।अर्घाखाँची ठुलापोखरा सम्पर्क समाज बुटवल रुपन्देहीको आयोजनामा रक्तसंचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको रक्तसंचार केन्द्र बुटवलले जनाएको छ ।फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सम्पर्क समाजले नियमित बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै रक्तसंचार केन्द्र बुटवलका वरिष्ठ प्राबिधिक राधा ज्ञवालीले समाजले हरेक वर्ष फागुन ७ गते रक्तदान गर्ने गरेको उल्लेख गर्दै रक्तदान गर्नाले कुनै समस्या उत्पन्न नहुने बरु थप स्वस्थ भइने बताउनुभएको थियो ।त्यस्तै कार्यक्रममा बोल्दै समाजका अध्यक्ष गणेश प्रसाद भट्टराईले सम्पर्क समाजले रक्तदान का अलवा हरेक बर्ष बिभिन्न सामाजिक कार्यहरु सम्पन्न गर्दै आएको जानकारी दिदै रक्तदान गर्ने सवै रक्तदाताहरुलाई धन्यवाद दिनुभएको थियो ।

समाजका अध्यक्ष गणेश प्रसाद भट्टाराईको अध्यक्षता,सदस्य कृष्णप्रसाद पाण्डेको संयोजकत्व तथा स्वागत र सचिब टिकाराम बन्जाडेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रम सम्पन्न गर्न आवस्यक सबै खर्च समाजका सचिब टिकाराम बन्जाडेले सौजन्य गर्नु भएको थियो ।

 
 
  
 

You may also like