डा. बाबुराम भट्टराईको प्रश्न : क्रान्ति गरे वापत कोही हेग गएको छ ?

by समतल अनलाइन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्य निरुपण र बेपत्ता आयोगलाई ‘ब्लाकमेलिङ’ को साधन बन्न नहुने बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले संक्रमणकालीन न्यायका विषयमा साझा सहमति बनाउनु पर्ने बताएका छन् ।

आज (शनिबार) आफ्नो नयाँ पुस्तक ‘गुमनाम आमाहरू’ को लोकार्पण कार्यक्रममा भट्टराईले आयोग बनेपछि कतिपय मानिसहरुले हेग जानु पर्छ भन्ने गरेको सुनिएको बताए । उनले अघि भने, किन हेग जाने हामी ? यो महान क्रान्ति थियो, क्रान्ति गरे पावत कोही हेग गएको छ ?’

शान्ति सम्झौता र संविधानको अभिन्न अङ्ग भएको बताउँदै डा. भट्टराईले यो कुरालाई खेलवाडको विषय बनाउन नहुने बताए । आफूहरुले माओवादी आन्दोलन नभई तत्कालीन माओवादी पार्टी मात्र छाडेको भन्दै उनले जनयुद्ध, मधेस आन्दोलनलगायतबारे साझा बुझाइ हुनुपर्ने बताएका छन् ।

 

 
 
  
 

You may also like