संविधान र लोकतन्त्रविरोधी चुनाव हामीलाई चाहिएको छैन : नारायणकाजी श्रेष्ठ

by समतल अनलाइन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली ‘फासीवादी’ भएको बताएका छन् ।

आज (बुधबार) पार्टीले काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले नेपालमा ओलीले फासीवादको अभ्यास गरिरहेको बताए । ‘केपी ओली फासिस्ट हुन् । केपी ओलीले नेपालमा फासिवादको अभ्यास गर्दैछन्,’ उनले थपे, ‘हामी नेपालमा कुनै पनि हालतमा फासीवाद सहने छैनौं ।’

नेकपा सचिवालय सदस्य समेत रहेका श्रेष्ठले आफूहरुलाई संविधान विरोधी चुनाव नचाहिएको बताएका छन् । ओलीले चुनाव गर्नका लागि घोषणा नगरेको उनले बताए । ‘संविधान विरोधी चुनाव हामीलाई चाहिएको होइन । यो चुनाव केपी ओलीले वास्तवमा गर्नको लागि घोषणा गरेका होइनन् । संविधार र लोकतन्त्रविरोधी चुनावको हामी धज्जी उडाउँछौं,’ उनले भने ।

‘चुनावको पक्षमा हामी छौँ, सारा लोकतन्त्रवादीहरु छन्’, उनले भने, तर कुन चुनाव ? संविधान अन्तर्गतको चुनाव, संविधानलाई लागू गर्ने कि ध्वस्त गर्न ?, घात गर्ने चुनाव ? उनले संविधानलाई धात गर्न चुनाव हामीलाई चाहिएको छैन ।’

उनले आफूहरु सरकारको असंवैधानिक कदमविरुद्ध संयुक्त संघर्षको गर्ने प्रयास गरे पनि हुन नसकेको बताए। उनले संयुक्त संघर्ष नभए पनि कांग्रेस, जसपा, नेकपा सबैको साझा प्रहार सरकारमाथि प्रहार केन्द्रित गरेको बताए ।

 
 
  
 

You may also like