संविधानमाथि आक्रमण भैरहँदा पत्रकारहरुले थप जिम्मेबार भएर पत्रकारिता गर्नुपर्छ : सिवाकोटी

by समतल अनलाइन

बुटवल।नेपाल प्रेस युनियनका महासचिब अजयबाबु सिवाकोटीले संविधानमाथि आक्रमण भैरहेको बेला पत्रकारहरु थप जिम्मेबार भएर पत्रकारिता गर्नुपर्ने बताएका छन् ।

उनले प्रधानमन्त्री केपि ओलीले संविधानबिपरित संसद विघटन गरेको र असंबैधानिक कदम चालेको भन्दै उनले देशमा गैरसंबैधानिक काम भैरहेको र लोकतन्त्रमाथि प्रहार भैरहेको भन्दै ब्यबसायीक पत्रकारितासंगै देशको हितमा कलम चलाउन आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै महासचिव सिवाकोटीले प्रेस युनियनको नवौं महाधिवेशन आगामी जेठ १३ र १४ गते गर्ने निर्णय भएको समेत जानकारी दिए ।

नेपाली पत्रकारहरुका तमाम समस्या रहेपनि यो बेला थप क्रियाशिल र ब्यबसायीक बन्नुपर्ने उनको तर्क छ । प्रेस युनियनको बर्दीयामा भएको कार्यसमितिको बैठकले युनियनको महाधिवेशन आउदो जेठको दोश्राे साता गर्ने निर्णय गरेको उनले बताए ।

अवको निर्बाचनमा असंबैधानिक काम गर्नेको पक्षमा लाग्ने पत्रकार समुहसंग चुनावी एकता हुने संभावना कम रहेको बताए ।महाधिवेशन स्थलको टुंगो र एलायन्सको बारेमा अन्तिम निर्णय भने सचिवालयले लगाउने उनले जानकारी गराए ।
उनले भने—‘हामी पत्रकार महासंघमा सबै साथीहरुलाइ समेटेर नेतृत्व गर्न चाहन्छौं,कसैलाइ पाखा र कसैलाइ काखा गर्ने हाम्रो बानी पनि छैन,गर्दैनौं ।’

सिवाकोटीले पत्रकारहरुका संघ संस्थामा क्रियाशिल र व्यवसायीक व्यक्तिले नेतृत्व समाल्नु पर्नेमा जोड दिए ।नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन जस्ता संस्थामा क्रियाशिल र व्यवसायीक पत्रकारलाई नेतृत्वमा पुर्याएमा पत्रकारहरुको समस्या छिटो हलहुनसक्ने दाबि गरे ।

रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब कपिल ज्ञवालीले गरेका थिए । युनियनका प्रतिष्ठान, जिल्ला र विदेश गरि ८७ शाखा छन् । शाखाबाट आएका झण्डै एक हजार पाच सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने नेपाल प्रेस युनियनले जनाएको छ ।

 
 
  
 

You may also like