राजतन्त्रको जस्तै ओलीको अन्त्यको साक्षी पनि नारायणहिटी हुनेछ : योगेश भट्टराई

by समतल अनलाइन
Shares

धादिङ। प्रतिगमनविरुद्ध सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई जब्बरजस्त गृहयुद्धमा धकेलिरहेको बताएका छन् ।

आज (शुक्रबार) पार्टीले धादिङवेसीमा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै नेता भट्टराईले देश स्थायी शान्तिपूर्ण रुपमा अगाडि बढेका बेला प्रधानमन्त्री ओलीले संविधान च्यातेर देशलाई गृहयुद्धमा धकेलेको बताए ।

उनले ओली समूहले नारायणहिटी पुगेर अस्तित्व नै मेटिएको राजतन्त्रको प्रेतात्मा जगाउने प्रयत्न गरेको बताएका छन् । उनले नारायणहिटी शाहवंशीय राजतन्त्रको अन्त्यको साक्षी बसेको भन्दै ओलीको अन्त्यको साक्षी पनि बस्ने बताए ।

‘जसरी राजतन्त्र अन्त्यको साक्षी नारायणहिटी बसेको छ, त्यसरी नै ओलीको अन्त्यको पनि साक्षी बस्ने छ’, भट्टराईले भने । उनले ज्ञानेन्द्रको झल्को दिनेगरी ओलीका कार्यकर्ताहरु फोटो बोकेर आई लभ यू भन्दै शहर घुमिरहेको बताएका छन् । उनले ओलीलाई मण्डलेहरुले साथ दिइरहेको र ओलीका कार्यकर्ताको शैली पनि मण्डले नै भएको बताएका छन् ।

You may also like