डाउनटाउनद्वारा जनजागृति विद्यालयललाई स्वास्थ्य सामाग्री

by समतल अनलाइन

बुटवल। रुपन्देहीको बुटवल–११ युद्धनगरमा रहेको मायादेवी जनजागृति आधारभूत विद्यालयलमा आवश्यक स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

लायन्स क्लब अफ बुटवल डाउनटाउनले विद्यालय र विद्यार्थीलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री सहयोग गरेको हो । क्लबका अध्यक्ष अमरनाथ पाठक, सल्लाहकार बाबुराम बन्जाडे लगायत क्लवका सदस्यहरुले विद्यालयका प्रधानाध्यापक माधव लोहनीलाई उक्त सामाग्री सहयोग गर्नु भएको हो ।

क्लवका अध्यक्ष पाठक र सल्लाहकार बन्जाडेले विद्यालयलाई ५०० थान मास्क, फेशियल शिल्ड, शिक्षकलाई सेनिटाइजर, २० लिटर फिनाइल, क्लोरिन, थर्माेगन लगायतका स्वास्थ्य सुरक्षा सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर गुरुङ्गले विद्यालयलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री सहयोग गरेर क्लवले प्रशंसनीय कार्य गरेको उल्लेख गर्दै शिक्षक तथा विद्यार्थीलाई यसले हौसला मिलेको बताउनुभयो ।

यसैबीच क्लवले आफ्ना सदस्यहरुका लागि पिन वितरण तथा परिचयात्मक कार्यक्रम पनि सम्पन्न गरेको छ । अमरनाथ पाठकको अध्यक्षता तथा जोन चियर प्रशन विनोद सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिष्ट्रिक चियर प्रशन श्यामकुमार बस्याल, गोपाल पाण्डे, विदुर पौडेललगायतले क्लवका सदस्यहरुलाई पिन वितरण गर्दै सामाजिक कार्यमा युवाको सक्रियता बढाउनु आवश्यक भएको बताउनुभयो ।

 
 
  
 

You may also like