74
बुटवल । बम्घा बचत तथा ऋण समुहको तेश्रो साधारण सभा सम्पन्न भएको छ । तिलोत्तमाको मणिग्रामस्थित कुमकुम पार्टी प्यालेसमा साधारण सभा सम्पन्न भएको हो ।
सहकारीलाई अगाडी बढाउन एकजना ब्यक्तिको मात्र नभएर सबै सदस्यहरुको उत्तिकै भूमिका रहेको बम्घा बचत तथा ऋण समुहका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले बताए ।
कार्यक्रममा बम्घा बचत तथा ऋण समुहका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षता , लेखा संयोजक भिमलाल भण्डारी आतिथ्यता , लगायतको सहभागितामा कार्यक्रम भएको थियो । साथै कार्यक्रम संचालन समुहका सचिव कृष्ण खत्रीले गरेका थिए ।