ओलीको कदमलाई कुनै कोणबाट पनि सही भन्न सकिँदैन : घनश्याम भुसाल

by समतल अनलाइन

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले प्रधानमन्त्री ओलीले चालेको संसद विघटनको कदमलाई कुनै पनि कोणबाट सही भन्न नसकिने बताएका छन् । प्रेस संगठनले आज (बुधबार) रुपन्देहीको तिलोत्तमामा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भुसालले संसद् पुनस्थापना गरेर मात्र ओलीलाई सजाय दिन सकिने बताए ।

उनले जनता, पार्टी, लोकतन्त्रसँग गरेको सम्झौता विपरित संसद विघटन गरेकाले ओली सजायका भागिदार रहेको पनि बताए । संसद विघटन न्यायका विरुद्ध, समानताका विरुद्ध र समाजका विरुद्ध रहेको भन्दै उनले यसको उजागर गर्न सकिएन भने पत्रकारिताको कर्तव्य पुरा नहुने पनि स्पष्ट पारे ।

उनले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक छ भन्ने कुरा पत्रकारितामार्फत जनतामा लैजान आवश्यक रहेको पनि बताए । पत्रकारले जति छिटो जनतालाई असंवैधानिक कदमको विषयमा सुसूचित गर्न सक्यो त्यति छिटो संविधान ट्र्याकमा आउने भुसालको भनाइ छ ।

प्रधानमन्त्री ओलीका कदम लोकतन्त्रको विरोधमा, समाजवादको विरोधमा र वामपन्थको विरोधमा रहेको भुसालले दावी गरे ।

 
 
  
 

You may also like