नौलो सहकारीको ११ औं साधारणसभा सम्पन्न

by समतल अनलाइन

बुटवल। बुटवल–७ दीपनगरस्थित नौलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा मंगलबार बुटवलमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष माधवप्रसाद श्रेष्ठको अध्यक्षतामा साधारणसभा गरिएको हो ।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष श्रेष्ठले बुटवल–७ दिपनगरमा सहकारीको आवश्यक महसुश भएकोले नौलो सहकारी स्थापना गरिएको बताए । उनले सहकारीले उत्पादनमूलक क्षेत्रमा पनि लगानी गरिरहेको बताए ।
सहकारीले कृषि र व्यावसायलाई प्राथामिकता दिँदै लगानी बढाएको श्रेष्ठको भनाइ छ । सहकारीकमा ३६१ जना सेयर सदस्य रहेकोमा वृद्धि गरी अर्को वर्ष १ हजार सदस्य पु¥याउने सहकारीको योजना छ । कार्यक्रममा सहकारीका कोषाध्यक्ष हिराबहादुर केसीले कोषध्यक्षको प्रतिवेदन र शिक्षा उप समितिका संयोजक तथा सञ्चालक समितिका सदस्य विकासजग बस्नेतले शिक्षा समितिको प्रतिवेदन पेस गरेका थिए ।
कार्यक्रममा सहकारीका सल्लाहकारहरु उत्सव न्यौपाने, दीपक बस्याल, शारदा पौडेल लगायतले बोल्दै सहकारीलाई नमूना बनाउदै अगाडि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । कार्यक्रम संस्थाका अध्यक्ष माधवप्रसाद श्रेष्ठको अध्यक्षयता उपाध्यक्ष ललिता वंशीको स्वागत तथा सचिव सुधन अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like